०८ साउन २०८३, शुक्रबार

लुम्बिनीको उपसभामुखमा राप्रपाकी मेनुका खाँण निर्वाचित

लुम्बिनीको उपसभामुखमा राप्रपाकी मेनुका खाँण निर्वाचित

लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मेनुका खाँण केसी निर्वाचित भएकी छन् । उनी गुल्मीबाट प्रतिनिधित्व गर्ने राप्रपाकी सांसद हुन् । 

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारूढ दलबाट मनोनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् । 

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर सोमबार नै निर्विरोध भएका थिए । घर्ती पाल्पा–२ (२) बाट निर्वाचित भएका थिए । 

मंगलवार बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक/एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरे । 

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबन्डा अनुसार एमालेले मुख्यमन्त्री पाएपछि सभामुख माओवादीको भागमा परेको थियो । 

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १/१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् । 


 

salt training

कमेन्ट गर्नुहोस्