१२ साउन २०८३, मंगलबार

भगवतीको सिंहदरबार यात्रा– गच्छदारसँग २ पटकको पराजय अनि यसपालिको जीत

माघ ३, २०७९
भगवतीको सिंहदरबार यात्रा– गच्छदारसँग २ पटकको पराजय अनि यसपालिको जीत

राजनीतिक खेलाडीका रूपमा चिनिएका कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै संसद् छिरेकी भगवती चौधरी मन्त्री बनेकी छन् ।

उनले महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा मंगलवार शपथ लिएकी हुन् । चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् ।

चौधरीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए ।

सातौंपटक संसद् छिर्न खोजेका गच्छदारलाई ब्रेक लगाएकी भगवती २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् । 

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा भाग लिएकी उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

चौधरी २०७४ सालको आम निर्वाचनमा पनि गच्छदारसँग पराजित बनिन् । उनले फरवार्ड लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी छन् ।

समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनले पीएचडी अध्ययन गरिरहेकी छिन् । 

सातपटक सांसद भएर झन्डै १ दर्जन मन्त्रालयको नेतृत्व गरेका गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा विकास निर्माणमा ध्यान नदिएको आरोप लाग्दै आएको थियो । 

लगातार चुनाव हारेकी भगवतीलाई यसपटक जनताले जिताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्