२२ असार २०८३, सोमबार

हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान शुरू

हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान शुरू
फाइल फोटो

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान शुरू गरेको छ । 

एयरलाइन्सले मंगलवार पहिलोपटक काडमाडौं–बेइजिङ उडान शुरू गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार मंगलवार बिहान १० बजेर ४० मिनेटमा विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ ।  

चीनको राजधानी बेइजिङमा झण्डै ३ वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा १ पटक उडान भर्ने भएको छ ।

चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्