
विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
छुट अफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
अफरअन्तर्गत बीग मार्टका सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई पे, खल्ती, नमस्ते पे, प्रभू पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने जनाइएको छ ।