३१ जेठ २०८३, आइतबार

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाले गरे आर्थिक सहयोग

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाले गरे आर्थिक सहयोग

काठमाडौँ । नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदितनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार रुपैयाँ सहयोग गरेका छन् ।

 आफ्नो कार्यक्रमको सिलसिलामा नेपाल आएको बखत पारी गायिका झाले मङ्गलवार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेकी हुन् ।  झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तीकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार कोषमा प्रदान गरेका छन् । 

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक वसुन्धरा भुसालले बताइन् । यसको लक्ष्य १० करोडको रहेको उनले जानकारी दिइन् ।

मङ्गलवार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरूलाई कदर पत्र प्रदान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्