
ज्योतिष शास्त्र अनुसार तपाईको भाग्य तपाईकै हस्त रेखामा रहेको हुन्छ । हातमा भएका रेखाका आधारमा तपाईको सफलता, असफता तथा धन, अध्ययन, वैदेशिक यात्रा लगायका विषय जानकारी प्राप्त गर्न सकिन्छ ।
धेरै जसो मानिसको हातमा (×) यो चिह्न देख्न सकिन्छ । यस्तो चिह्न वृहस्पति पर्वतमा भएका शुभ मानिन्छ । अन्य हत्केलामा भए अनुकुल फल प्राप्त हुँदैन ।
बृहस्पति पर्वतमा × चिह्न भएमा त्यस्ता मानिसको जीवन सुखमय हुनुका साथ सोच विचारका साथ काम गर्ने क्षमता हुन्छ । यस्ता रेखा भएको खण्डमा शिक्षित पत्नीका साथै ससुराली धनको उपयोगको योग हुन्छ । यस्ता चिह्न हुनेको जीवन सुखमय हुन्छ ।