१५ असार २०८३, सोमबार

सरकारी कर्मचारीबाट बाढीपीडितका लागि डेढ लाखको राहत संकलन

कात्तिक २०, २०७४
सरकारी कर्मचारीबाट बाढीपीडितका लागि डेढ लाखको राहत संकलन

भीमदत्तनगर, ३ भदौ– कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए ।

उनले हालसम्म रु डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्