२३ असार २०८३, मंगलबार

पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डले भने – मिटरब्याजी समस्या समाधान गर्छु

पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डले भने – मिटरब्याजी समस्या समाधान गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।

शुक्रवार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधान गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु । मिटरब्याजी समस्याले हजारौं किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

प्रधानमन्त्रीसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्