×

NIC ASIA

महोत्सवमा महिलालाई व्यावसायिक सीप

माघ ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

पोखरा महोत्सवको रमाइलोबीच पनि बिहीवार केही महिला कुरुसमा औंला चलाइरहेका भेटिए । महोत्सवको एक व्यावसायिक कक्षमा टुक्रुक्क बसेका उनीहरू सीप सिक्ने ध्याउन्नमा थिए ।

ऊनीको धागोबाट उनीहरू स्वीटर, झोला, टोपी, पञ्जा आदि बुनिरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सव अवधिभरलाई निःशुल्क हाते बुनाइ तालिमको प्रबन्ध गरिएपछि महिला सीप सिक्न लालायित देखिएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालयको सहयोगमा महोत्सव आयोजक युनाइटेड क्लब पोखराले महिलालाई लक्ष्य गरी सीपमूलक तालिम दिएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

सीप सिकाएर महिलालाई स्वरोजगार बन्ने बाटो देखाउन छोटो अवधिका लागि भए पनि तालिमको अवसर दिइएको परिषद्का प्रशिक्षक भीमकुमारी पुनले बताइन् । उनका अनुसार गत पुस २७ गते महोत्सव शुरू भएयता हालसम्म २० जना तालिममा सहभागी भएका छन् । 

Vianet communication

‘केही दिदीबहिनी त झोला, कपडा बुन्न सक्ने भइसक्नुभएको छ,’ उनले भनिन्, ‘महोत्सवको समयले मात्रै पुगेन भने उहाँहरूलाई पछि पनि सिकाउँछौं ।’

पुनले यसअघि लेखनाथ र प्रदर्शनी केन्द्रमा भएको महोत्सवमा पनि महिलालाई स्वरोजगार तालिम दिएको सुनाइन् ।

पोखरा–१४ छिनेडाँडाकी भगवती भुजेल सोही कक्षमा बच्चाका लागि मोजा बुन्दै थिइन् । उमेरले ६० नाघ्नै लाग्दा बुनाइ तालिममा सहभागी हुन पाउँदा खुशी लागेको उनले बताइन् । ‘सीप सिके काम लाग्ला भनेर तालिममा आएकी हुँ,’ उनले भनिन् ।

महिलाले बनाएका हस्तकलाका सामग्रीको बिक्रीकक्ष पनि सँगै राखिएको छ । स्थानीय सीप र उत्पादनको प्रवद्र्धनका लागि परिषद्सँग मिलेर तालिम आयोजना गरिएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । ‘महिलालाई उद्यमशील बनाउन यो हाम्रो सानो प्रयास मात्र हो,’ उनले भने ।

अमरसिंह चौरमा जारी महोत्सव आउँदो सोमवारसम्म चल्नेछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको सांगीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यंग्य प्रहसन, घोडा सवार लगायतले मेलामा आकर्षण बढाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x