
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।
सत्ता गठबन्धनमा उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।
रास्वपा संसदीय दलको शुक्रवार बिहान बसेको बैठकले रानालाई उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सार्ने निर्णय गरेको हो ।
उपसभामुखका लागि उम्मेदवारी मनोनयनको कार्यक्रम आजैका लागि तोकिएको छ ।
प्रतिनिधिसभाको शनिवारको बैठकबाट उपसभामुख चयन गर्ने कार्यक्रम छ ।