
नेपाली कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई अघि सारेको छ। सांसद यादवले आज संसद् भवनमा पुगेर उपसभामुख पदमा उम्मेदवारी दिएकी हुन्।
उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।
यता सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरको उम्मेदवारी परिसकेको छ।