२७ असार २०८३, शनिबार

अवस्था ठीक नभएका ११ वटा सवारी साधन कारवाहीमा

अवस्था ठीक नभएका ११ वटा सवारी साधन कारवाहीमा

 ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका भाडाका बस, ट्याम्पो, फोर्स गाडी र पिकअपभ्यान लगायतका ११ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा आज दिउँसो १०२ वटा सवारी साधन चेकजाँच गरिएकोमा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिस्रिएका सवारी साधन कारबाहीमा परेका हुन् । 
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने  ७ वटा सवारी साधन कारबाहीमा परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्