२७ असार २०८३, शनिबार

सुनसरीको चारकोशे जंगलमा नवजात शिशु फेला

सुनसरीको चारकोशे जंगलमा नवजात शिशु फेला
सांकेतिक तस्वीर

सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ । 

कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। 

नवजात शिशुलाई कसले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्