१६ असार २०८३, मंगलबार

मुद्दाको दण्ड जरिवाना सफ्टवेयरबाटै हेर्न सकिने

मुद्दाको दण्ड जरिवाना सफ्टवेयरबाटै हेर्न सकिने

देशभरका अदालतका मुद्दाको दण्ड, जरिवाना, सरकारी बिगो र कसुरजन्य सम्पत्ति जफतसम्बन्धी विवरण अब सफ्टवेयरबाटै सजिलै हेर्न सकिने भएको छ ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा भएका मुद्दाको विवरण उक्त सफ्टवेयरबाट हेर्न सकिने भएको हो । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र सर्वोच्च अदालत सूचना प्रविधि महाशाखाले नयाँ सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याएपछि सो व्यवस्था भएको हो ।

“यो सफ्टवेयरको प्रयोगबाट अदालतबाट न्याय सम्पादन गर्न सहज हुन्छ”, सर्वोच्च अदालत सूचना प्रविधि महाशाखाका प्रबन्धक गौरीनाथ कोइरालाले उक्त सफ्टवेयरको बारेमा जानकारी गराउँदै भने, “न्याय सम्पादन गर्दा कसुरदारले पहिला कुनै कसुर गरे वा नगरेको सबै जिल्लाको विवरण पनि हेर्न सकिन्छ ।” उनका अनुसार कुन अदालतमा बिगो कति उठ्यो वा कति उठाउन बाँकी छ भनेर हेर्न सकिन्छ ।

न्यायको पर्खाइमा बसेका पीडितका लागि सफ्टवेयर बढी उपयोग हुने बताइएको छ । अपराध पीडितले, पीडकले सजाय पाए नपाएको जानकारी एकीकृतरुपमा पाउने र कसरी सजाय भुक्तान गरेको र सो बारेमा जानकारी लिन उक्त सफ्टवेयरबाट सकिनेछ ।

पीडकले सजाय पाए नपाएको जानकारी एकीकृतरुपमा पाउने र कसरी सजाय भुक्तान भयो भन्ने बारेमा पीडितले जानकारी लिन सक्ने व्यवस्था हुनेछ । मुद्दा अन्तिम भएपछि क्षतिपूर्ति प्राप्त गर्नुपर्ने पीडितले सो जानकारी प्राप्त गर्न सक्ने र क्षतिपूर्तिको प्रकृया अगाडि बढाउन सक्ने भएको छ । 

उक्त सफ्टवेयरको कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गरी सुभारम्भ गरेका हुन् । रासस

salt training

कमेन्ट गर्नुहोस्