१४ असार २०८३, आइतबार

जसले गरे एक सय दुई पटक रक्तदान

जसले गरे एक सय दुई पटक रक्तदान

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गरेका छन् । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो । 

जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताए । पैँतालीस वर्षीय उनले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरे ।
उनले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिए । रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्