
गृह मन्त्रालयले शुक्रबार ठूलो संख्यामा राजप्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)लगायतका कर्मचारीहरुको सरुवा गरेको छ ।
यस्तै मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीको समेत सरुवा गरेको छ ।
जसअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ ।
केही दिनअघि मात्रै गृह मन्त्रालयले सीडीओहरुलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै कार्यविधि बनाएको थियो । गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व लिएसँगै सो कार्यविधि ल्याइएको थियो ।
सरुवा भएका कर्मचारीको विवरण हेर्नुहोस्