×

NMB BANK
NIC ASIA

मुक्त कमैयाको पुनःस्थापनामा ढिलाई नगर्न माग

माघ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कमैया, हलिया, कमलरी, हरुवा, चरूवालगायतका दासता झेलिरहेका नागरिकलाई मुक्त घोषणा गरे पनि पुनस्र्थापनामा भएको ढिलाईले सो वर्गका नागरिक कष्टकर दिन बिताउन बाध्य भएकाले पुनस्र्थापनामा ढिलाई नगर्न सरोकारवालाले सरकारसाग आग्रह गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तिहरुले साहुको घरमा काम गर्नबाट मुक्त मात्र गरेर समस्या समाधान नभएको बताए । पुनस्र्थापनामा गरिएको ढिलाइले सो वर्ग झनै गरिबीमा धकेलिन बाध्य भएको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दन्डुराज घिमिरेले कमैया, कमलरी, हरूवा–चरूवाको समस्या समाधानका लागि एकीकृत कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताए । 


Advertisment
Nabil box
Kumari

नेपालमा दास प्रथाको औपचारिक रूपमै सय वर्ष पुग्दा पनि पश्चिम नेपालमा विभिन्न कारणले दासता भोग्न बाध्य सबै नागरिकको तथ्याङ्क सङ्कलन र उक्त वर्गका व्यक्तिले सामना गर्नुपरेको समस्या पनि उस्तै भएकाले सरोकारवालासँगको छलफलसहित एकीकृत कार्यविधि बनाइरहेको र छिट्टै कार्यान्वयनमा आउने उनले जनाए ।   

Vianet communication
Laxmi Bank

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले देशभर भूमिहिन अवस्थामा रहेका दलित, सिमान्तकृत, सुकुम्बासीलाई संविधानको मौलिक हकमा उल्लेख भएअनुसार बासको व्यवस्थाका लागि जमिन उपलब्ध गराउने कामका लागि आयोगले काम गरिरहेको बताए ।   

सो अवसरमा दलित एक्टिभिष्ट गणेश विकले मुक्त कमैयाहरुको राज्यले यकिन तथ्याङ्क सङ्कलन नगरेको र सबैको  पुनस्र्थापना पनि हुन नसक्दा ती व्यक्ति, परिवार अहिले थप समस्यामा रहेको बताए । कमैयाहरू नै सङ्गठित भएर निकृष्ट श्रमबाट उन्मुक्तिका लागि गरिएको आन्दोलनपछि सरकारले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन–२०५८ नै बनाएर पश्चिम नेपालमा व्याप्त कमैया प्रथा हटाएको उनले बताए । तर व्यवहारमा मुक्त कमैयाको अझै पनि मुक्ति नभएको उनको भनाइ छ ।  

मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले दाङका मुक्त कमैयाका लागि भनेर करिब पाँच सयभन्दा बढीलाई जग्गाको लालपुर्जा दिएकोमा त्यसमध्ये १८ जनाको हातमा जग्गाको लालपुर्जा मात्रै भएको तर जग्गा नपाएको गुनासो सुनाए । देशभरका मुक्त कमैयाको सही तथ्याङ्क सङ्कलन गर्न र मुक्त कमैया ऐनअनुसार पुनस्र्थापना गर्न उनले जोड दिए । हरूवा चरूवा अधिकार मञ्चका अध्यक्ष दर्शन मण्डलले पञ्चायतकालदेखि नै पुस्तौंपुस्ताले साहुको घरमा हरूवा चरूवाको रूपमा काम गरेर सधैं गरिबीको जीवन बिताएको बताए ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमले महासङ्घले आगामी वैशाखदेखि देशभरका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्न लागेको जानकारी दिंदै ती वर्गका श्रमिकलाई पनि श्रम ऐनले तोकेको पारिश्रमिक पाउने र त्यस योजनामा संलग्न गराउने लक्ष्य लिएको बताए ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x