३१ जेठ २०८३, आइतबार

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका २ किसानका भैंसी मरेपछि मूल्यांकन बराबरको बीमा रकम वडा नम्बर ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नम्बर ४ निवासी मैया सापकोटाले जनही ९० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमांकको संघीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हँुदै आइरहेको छ ।

बीमा रकम हस्तातरण गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रूपमा आर्थिक लाभ हुने बताए । शुरूमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुशी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए ।

हाल नगरपालिकामार्फत विक्रम संवत् २०७९ पुस मसान्तसम्म ३८० गाईभैंसी र २० बाख्राको बीमा भइसकेको छ । २०० प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्