०२ असार २०८३, मंगलबार

कृषि व्यवसायमा बदलिएको समाज

कृषि व्यवसायमा बदलिएको समाज
फाइल फोटो

समाजमा कुनै समय कृषि पेशालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैं उपेक्षित नै हुन्थे ।

आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे ।
       
समाजका यस्तै समस्या र अनेकौं उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रूपमा कहलिएकी छन् भगवती देवकोटा । रामपुर नगरपालिका–६ कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट २–४ पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्‍यो । हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । 
      
लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव संगालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजन लगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बनेकी छन् ।
       
‘परिवारमा धन कमाउने नहुँदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्,’ उनले भनिन् ।

आजभन्दा करीब १ दशकअघि उनले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन । त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रूपमा हेर्ने गरेको उनको अनुभव छ । 

salt training

कमेन्ट गर्नुहोस्