२३ जेठ २०८३, शनिबार

उपसभामुख निर्वाचन : सत्तारुढ र विपक्षीसँग कति–कति छ मत ?

उपसभामुख निर्वाचन : सत्तारुढ र विपक्षीसँग कति–कति छ मत ?

सभामुख चयन भएको पर्सिपल्ट शनिवार प्रतिनिधिसभा उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ ।

शनिवार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुख निर्वाचन गर्न लागेको हो । 

उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना उम्मेदवार छिन् । प्रतिपक्षीतर्फ कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छिन् । 

सत्ता गठबन्धनतर्फ एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसद छन् । स्वतन्त्रबाट जितेका अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डल पनि सत्ता गठबन्धनसँगै छन् । सभामुखमा पनि यी दलका सांसदको १६७ मत सत्ता गठबन्धनतर्फ खसेको थियो । 

विपक्षीमा नेपाली कांग्रेससँग ८८, नेकपा एकीकृत समाजवादीसँग १०, लोसपासँग ४  राष्ट्रिय जनमोर्चासँग १ सिट गरी १०५ मत छ । सभामुखमा विपक्षी गठबन्धनले १०० मत प्राप्त गरेका थियो ।

सभामुखमा सत्ता गठबन्धन्धनका देवराज घिमिरे निर्वाचित हुँदा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने पराजित भएकी थिइन् । 

उपसभामुखमा कांग्रेसले सरकारको विपक्षमा रहेका दलबाट उम्मेदवार उठाउन खोजेको थियो तर अरु दलबाट दाबी नपरेपछि कांग्रेसले यादवलाई उठाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्