२८ जेठ २०८३, बिहीबार

उपसभामुख चयन गर्न संसद् बैठक शुरू

उपसभामुख चयन गर्न संसद् बैठक शुरू

प्रतिनिधिसभामा उपसभामुख चयनका लागि बैठक शुरू भएको छ। 

दिउँसो १ बजेबाट बैठक शुरू भएको हो। 

सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाएका छन्। उनीहरू दुवै जनाले हिजो शुक्रबार संसदमा उम्मेदवारी दर्ता गराएका हुन्। 

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।

यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

salt training

कमेन्ट गर्नुहोस्