०४ असार २०८३, बिहीबार

देउवाले बोलाएको बैठकमा केपी ओली, नेपाल र भट्टराई गएनन्

कात्तिक २०, २०७४
देउवाले बोलाएको बैठकमा केपी ओली, नेपाल र भट्टराई गएनन्

काठमाडौं, ४ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।’ देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।paramarsha
प्रधानमन्त्री देउवा बुधबारदेखि भारतको चारदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री भ्रमणको औपचारिक घोषणा दुवै विदेश मन्त्रालयका तर्फबाट सोमबार हुनेछ । पूर्व सरकार प्रमुखहरू पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र खिलराज रेग्मीले प्रधानमन्त्रीलाई आफ्ना सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई भने बैठकमा गएनन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
बैठकको सुरुमा बोलेका पूर्वप्रधानमन्त्री खनालले भारतीय सीमा बाँधका कारण नेपाली भूभाग डुबानमा परेकाले यस्तो बाँधबारे समीक्षाका लागि भारतसँग कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिए । ‘भारतसँगका सीमा बाँधहरू अन्तर्राष्ट्रिय ऐन-कानुनविपरीत छन् । ‘अहिले तराई भयावह अवस्थामा डुबानमा छ । यसमा प्रधानमन्त्रीले खुट्टा नकमाई भारतीय पक्षसँग कुरा राख्नुहोला’, खनालले भने ।
खनालले बैठकपछि भने, ‘असमान सन्धि-सम्झौताका कारण नेपालले जहिल्यै भारतीय पक्षको हेपाहा व्यवहार भोगिरहनुपरेको छ । असमान सन्धि-सम्झौताका विषयमा पनि नेपालले भारतीय पक्षसँग कुरा उठाउनुपर्छ । देशको राष्ट्रिय हितमा रहेर कुरा गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री दाहालले भारतसँगका पूर्वसहमति कार्यान्वयनमा भ्रमण केन्द्रित गर्न देउवालाई सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्