१६ असार २०८३, मंगलबार

सत्ता गठबन्धनलाई बलियो बनाउन ओलीको आग्रह

सत्ता गठबन्धनलाई बलियो बनाउन ओलीको आग्रह

 नेपाल कम्यनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए। उनीहरूबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्