०७ असार २०८३, आइतबार

बसको ठक्करले साइकलयात्रीको मृत्यु

बसको ठक्करले साइकलयात्रीको मृत्यु

शुद्धोधन गाउँपालिका –६ बिमियामा एक यात्रुबाहक बसको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार लु.२ ख ४२२६ नम्बरको बसको ठक्करबाट साइकलयात्री शुद्धोधन गाउँपालिका–३ गुलरी बस्ने ३० वर्षीय विन्दकुमार कहारको शनिबार मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौंबाट चाकरचौडातर्फ जाँदैगरेको सो बसले लु.४ त ५४१९ नम्बरको ट्याक्टर र साइकलयात्री कहार समेतलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनालाई उपचारको लागि नेशनल अस्पताल पकडी पठाइएको प्रहरीले जनाएको छ । चार जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको अल्शेख अस्पताल लवनी हुँदै थप उपचारको लागि किसमत अस्पताल मणिग्राम रुपन्देही पठाइएको प्रहरीले जनाउको छ ।

बस चालकको अल्फा पोलीक्लिनिकमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कपिलवस्तु प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । 

कमेन्ट गर्नुहोस्