१३ असार २०८३, शनिबार

ट्रम्पले दक्षिण कोरियाको सहमतिविना नै उत्तरमाथि आक्रमण गर्लान् ?

कात्तिक २०, २०७४
ट्रम्पले दक्षिण कोरियाको सहमतिविना नै उत्तरमाथि आक्रमण गर्लान् ?

काठमाडौं, ४ भदौ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरियाली युद्ध आफैं शुरु गर्न सक्दैनन् किनकि उनी ६ दशक पुरानो सन्धिमा बाँधिएका छन्, विज्ञहरू बताउँछन् ।


उत्तर कोरियाको धम्कीको प्रतिक्रियामा ट्रम्पले आगो बर्साउने प्रतिबद्धता गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले आफ्ना जनतालाई आश्वस्त तुल्याउँदै दक्षिण कोरियाको अनुमतिविना कोरियाली प्रायद्वीपमा युद्ध नहुने बताए ।

‘दक्षिण कोरिया र अमेरिकाबीच दह्रो सहमति भएको छ । युद्ध नहुनेमा तपाईंहरू ढुक्क हुनुभए हुन्छ,’ मूनले भने ।
मूनले अमेरिका र दक्षिण कोरियाविरुद्ध सन् १९५३ मा भएको पारस्परिक सुरक्षा सन्धिलाई सन्दर्भ बनाएका हुन सक्छन् ।

सन्धिको धारा २ ले भन्छ : ‘दुवै पक्षले बाहिरी शक्तिबाट सशस्त्र आक्रमण भएमा एकअर्कासँग सल्लाह गर्नेछन् र सल्लाह तथा सहमतिका लागि उचित उपाय अपनाउने छन् ।’

उत्तर कोरियाले अमेरिकालाई आक्रमण गरेमा वा आक्रमणको योजना बनाएमा एकपक्षीय कारवाही गर्न यो सन्धिले रोक्दैन तैपनि मूनले दक्षिण कोरियासँग अमेरिकाले सल्लाह गर्ने दायित्व रहेको बताए । उत्तर कोरियाले कुनै कारवाही गरेमा त्यसको सबभन्दा धेरै असर दक्षिणलाई पर्छ ।

ट्रम्पका सल्लाहकारहरूले कोरियाली प्रायद्वीपमा युद्ध भएमा दोस्रो विश्वयुद्धपछिकै भयानक क्षति हुने बताइरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्