×

Nic Asia
Dabur
Prabhu Bank

नयाँ रणनीति बनाउँदै कांग्रेस सभापति

सत्ता बाहिरको १ महिना : धुम्बाराहीमा के योजना बनाएर बस्दैछन् देउवा ?

काठमाडाैं | माघ १०, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

ठूलो दल हुनुका बाबजुद पनि आफ्नै ढिपी र अडानले पुस १० गते केन्द्रदेखि प्रदेशसम्मको सबै सत्ता गुमाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा बढी आलोचित छन् ।

yONNEX
Frooti
Appy

देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले नै लिने ढिपी कस्दा पुरानो ५ दलीय गठबन्धन उत्तिनैखेर टुट्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्खिएर बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै उनैको नेतृत्वमा नयाँ समीकरण बनाए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

त्यसयता जानैपर्ने प्रतिनिधि सभाको बैठक र प्रधानमन्त्री निवास बालुवाटारको सर्वदलीय बैठक बाहेकका अन्य कार्यक्रममा देउवा निस्किएका छैनन् । 

‘पुस १० गते पछाडि प्रधानमन्त्रीको शपथमा शीतलनिवास, संसद बैठक, बालुवाटारमा बसेको सर्वदलीय बैठक र संसदीय दलको बैठक (सिंहदरबार) बाहेक सभापति सार्वजनिक कार्यक्रममा निस्किनुभएको छैन,’ देउवाका स्वकीय सचिव भानु देउवाले लोकान्तरसँग भने, ‘निवासमा पदाधिकारी सहितका बैठक र भेटघाटमा सभापति व्यस्त हुनुहुन्छ ।’ 


Advertisment
Lokantar App
Saurya island

देउवा गुमेको सत्ता र सामर्थ्य फर्काएपछि मात्रै सार्वजनिक कार्यक्रममा निस्कने ‘मुड’मा रहेको बताइन्छ । पार्टीका नेविसंघ, तरुण दल, महिला संघ सहितका संरचनालाई पूर्णता दिने र पार्टीलाई चलायनमान बनाउने गरी पार्टी कार्यक्रम तय गर्नमा देउवाले समय केन्द्रित गर्दैछन् । 

देउवा धुम्बाराहीस्थित भाडाको घरमा पुसको दोस्रो हप्ता सरेका थिए । त्यसअघि पुस ११ गते शीतल निवासमा प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिँदा देउवा उपस्थित थिए । त्यसयता ४ पटक संसद भवन, १ पटक पार्टी संसदीय दलको बैठकका लागि सिंहदरबार र एकपटक सर्वदलीय बैठकका लागि बालुवाटार पुगेका छन् उनी । यसबाहेक कुनै कार्यक्रम राखेर देउवा निवासबाट बाहिर निस्किएका छैनन् ।

JYOTI
Vianet communication

एकाएक सत्ता गुमाउनु परेपछि प्रचण्डलाई पुस ११ गते सत्ता हस्तान्तरण कार्यक्रममा उपस्थित हुँदा देउवा निकै हडबडमा देखिएका थिए । राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ गराउँदै गर्दा देउवालाई सुरक्षाकर्मीले इशारा गरेरै कुर्सीबाट उठाउनु परेको थियो । शपथ सकिएपछि प्रचण्डलाई कुर्सी हस्तान्तरण गर्दै देउवा मन्त्रीहरूलाई धन्यवाद पनि नदिई निस्किएका थिए ।

धुम्बाराहीबाट राष्ट्रपतिमा देउवाको नजर 

केन्द्रदेखि प्रदेशसम्मको सत्ताको लगाम आफ्नो हातबाट फुत्किएदेखि नै ‘कोर्स करेक्सन’का लागि देउवालाई पार्टी भित्रैबाटै दबाब बढेको थियो । यसैले सत्ता गुमाउनुको दोष कसैलाई नदिई देउवा चुपचाप ढिलो–चाँडो माओवादीसँग सम्बन्ध विस्तारमा लागेका हुन् । ‘कोर्स करेक्सन’ भएर माओवादीसँग सम्बन्ध विकसित हुने र राष्ट्रपतिमा आफू निकटका नेतालाई जिताउन सक्दा राजनीतिले नयाँ मोड लिने पर्र्खाइमा देउवा छन् । यसैले धुम्बाराहीमा बसेर देउवा रणनीति बनाउनमा केन्द्रित रहेका बताइन्छ । 

राष्ट्रपतिमा माओवादीले सहयोग गरे अरु साना दलले पनि सहयोग गर्ने बुझाइ देउवाको छ । राष्ट्रपति चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । यी मतदाताको मतभारमा चुनाव हुन्छ । यस्तोमा माओवादीले समर्थन गरे अरु दलको पनि सहयोग मिल्ने बुझाइ कांग्रेसको छ । सार्वजनिक मञ्चमा नदेखिए पनि देउवाले भेट्न आउनेलाई ‘वि विल कम ब्याक अगेन’ भन्दै आश्वस्त गराउने गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् ।  

‘हामीसँगको गठबन्धन टुटेदेखि नै प्रधानमन्त्री एमाले अध्यक्ष ओलीको दबाबमा हुनुहुन्छ । यही दबाबबाट माथि उठ्नुपर्छ भन्नेमा प्रधानमन्त्री पुगेरै विश्वासको मत माग्नुभएको हो । हामी पनि प्रचण्डजीलाई ओलीजीको दबाब र प्रभावबाट मुक्त गराउन चाहन्छौं,’ देउवा निकटका नेता एनपी साउँद भन्छन्, ‘यसैले राष्ट्रपतिमा मिलेर जाने चाहना कांग्रेसको मात्रै होइन, प्रधानमन्त्रीको पनि हो । राष्ट्रपतिको चुनावसम्म पुग्दा हामीले थालेको ‘कोर्स करेक्सन’ शुरू हुनेछ र फेरि  माओवादीसँग सहकार्यको बाटो खुल्छ भन्ने विश्वासमा हामी छौं ।’

राष्ट्रपतिमा एमाले अनुकूलको पात्र पराजित हुँदा गठबन्धनमा एमाले चिढिने र उसको ठाउँ आफूले लिने गरी देउवाले दाउ हेरिरहेका छन् । केन्द्रमा माओवादीसँग समीकरण बन्नासाथ प्रदेशका सरकार पनि फेरिने र आफ्नो लगाम बनिराख्ने भएपछि देउवाले आफ्नो सम्पूर्ण तागत र रणनीति राष्ट्रपतिमा आफू अनुकूलको मान्छे जिताउने गरी लगाएका छन् ।

सभापति देउवाको निवासमा सोमवार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पार्टीको सबै ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित गर्ने निर्णय गरेको थियो । 

‘राष्ट्रपतिको चुनाव समयमा हुनुपर्छ । कुनै पनि कारणबाट यसलाई पछि सार्ने काम हुनुहुन्न । समयमा नै सम्पन्न गर्नुपर्छ । ऐनमा कानूनी समस्या छन् भने ती कुरालाई समयमा मिलाउनुपर्छ,’ बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘अब राष्ट्रपति निर्वाचनको प्रक्रियालाई अगाडि बढाउनुपर्छ, यसमा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं । राष्ट्रपतिको निर्वाचनमा अरु दलको सहयोग लिएर कांग्रेस प्रस्तुत हुने दृष्टिकोण छ । राष्ट्रपतिको विषयमा संसदमा रहेका अन्य दलसँग छलफलको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छौं । राष्ट्रपतिको चुनाव फागुन २९ गतेबाट उता लाने प्रयास र चर्चा हुन थालेका छन्, हामी यस्तो हुन दिने छैनौं ।’

पहिलो विकल्पमा राष्ट्रपतिमा माओवादीलाई मनाएर आफ्नै दलका कुनै नेतालाई अगाडि सार्ने कांग्रेसको तयारी छ । नभए सर्वमान्य हुने गरी कोही स्वतन्त्रलाई अघि सार्ने, यो पनि नभए मधेशकेन्द्रित दलबाट उम्मेदवार बनाउने तयारीमा कांग्रेस छ । यो पनि नभए माओवादी निकटका नेतालाई अघि सारेर भए पनि एमालेलाई रोक्ने नीतिमा कांग्रेस रहेको एक नेता बताउँछन् । 

विश्वासको मतले वातावरण बनेको विश्वास 

देउवाले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएर एमाले अध्यक्ष ओलीलाई दबाबमा राख्ने नीति लिएको र प्रचण्डसँग निरन्तर संवाद र सम्पर्कमा बसिरहेको एक नेता बताउँछन् । 

‘प्रचण्ड हामीतिर थिए तर व्यावहारिक हिसाबले कुरा मिलाउन नसक्दा सत्ता समीकरण एकाएक बदलिँदा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेसले केही नपाउने जस्तो स्थिति बन्यो,’ देउवा निकटका ती नेता भन्छन्, ‘हाम्रो सभापतिजी शुरूबाट प्रतिक्रियाविहीन हुनु भनेको आफ्नो कमजोरी स्वीकार्नु हो । यसैले विश्वासको मत दिएर प्रधानमन्त्रीलाई विश्वासमा लिने र एमाले अध्यक्ष ओलीलाई दबाब बढाउने नीति लिनुभएको हो । कांग्रेसलाई शक्तिमा नफर्काएसम्म उहाँ धेरै बोल्नुहुन्न ।’

देउवालाई पार्टीभित्रबाट दबाब र प्रचडलाई ओलीको दबाब परेपछि पुस २५ गते साँझ प्रधानमन्त्री देउवासँग विश्वासको मत माग्न आएको ती नेता बताउँछन् । 

‘धुम्बाराही पुगेपछि सभापतिजीमाथि कोर्स करेक्सनको दबाब थियो । विश्वासको मत दिने अघिल्लो दिन संसदमा शीर्ष नेताले बोल्दा सभापतिले कसैलाई गाली गर्नुभएन तर अप्ठ्यारोमा मिल्दा माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चासँग मिलेर संसदलाई पूर्ण कार्यकालसम्म पुर्‍याएको बताउनुभयो,’ ती नेता भन्छन्, ‘त्यो भनेको ओलीले अप्ठ्यारो पार्न खोजेको र संसदलाई पूर्ण कार्यकालसम्म पुर्‍याएर चुनाव गराउँदा विश्वासको वातावरण बनेको भन्ने सन्देश थियो ।’

प्रचण्डले पनि ओलीमाथि दबाब बढाउन हल्लाखल्ला गरेरै विश्वासको मत मागेको कांग्रेस नेता बताउँछन् । 

‘सहज बहुमतमा पुगेका प्रधानमन्त्री विपक्षी दलको नेतालाई भेट्न हल्लाखल्ला गरेरै पुस २५ गते किन आउनुभयो भन्नेमा धेरै सन्देश छ । यसबीचमा सभापति र प्रधानमन्त्रीबीच अनौपचारिक छलफल र संवाद भएको देखिन्छ,’ ती नेता भन्छन्, ‘सरकारमा बहुमत भए पनि एमाले अध्यक्ष ओलीले आफूलाई गाह्रो पार्ने बुझेरै प्रधानमन्त्रीले कांग्रेससँग विश्वासको मत माग्ने र सभापतिले पनि पूर्णबहादुर खड्का र कृष्ण सिटौलालाई साक्षी राखेर मत दिने वातावरण बनेको हो ।’

प्रधानमन्त्रीको आग्रहमा देउवाले पार्टीबाट निर्णय गराएर विश्वासको मत दिलाएको ती नेता बताउँछन् ।  

को–को छन् देउवाका सारथि ?

राष्ट्रपतिको पक्षमा माहोल बनाउन देउवातिरबाट केही नेता खटिएका छन् । देउवालाई यस्तो कार्यका लागि उपसभापति पूर्णबहादुर खड्का, नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, सुनिल थापा, उदयशमशेर राणा सहितका नेताले निरन्तर संवाद र सहयोग गर्दै आएको बताइन्छ । यी नेताहरूले बाहिर निस्किनेभन्दा रणनीतिक मूभका लागि देउवालाई तयार गरेको बताइन्छ । कांग्रेसले गुमाएको अवसरलाई फेरि ट्रयाकमा ल्याउँछ भने विवाद नझिक्ने पक्षमा डा. शेखर कोइराला पनि रहेको बताइन्छ । विश्वासको मतको निर्णयमा शेखरले सके तटस्थ बस्ने नभए विरोध नगर्ने नीति लिएका थिए । 

देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिसकेका छन् । सरकारलाई समर्थन गरे पनि ढिलोचाँडो ‘कोर्स करेक्सन’ हुने र नयाँ समीकरण बन्ने भन्दै देउवाकै कारण जसपा र नेता नेपाललाई सरकारमा जानबाट रोकेको बताइन्छ । 

‘उपेन्द्र यादव लगभग सरकारमा गइसक्नुभएको थियो तर रोकिनुभयो । माधव नेपालको पार्टी पनि सभामुख र उपसभामुखको चुनावमा कांग्रेससँगै उभियो । यसमा लोसपा पनि मिसिएको छ,’ देउवा निकटका ती नेता भन्छन्, ‘सरकारमा मन्त्रीको विषयलाई लिएर जनमत र नागरिक उन्मुक्ति पार्टीसँग पनि सरकारको सम्बन्ध बिग्रिएको छ । ढिलोचाँडो यी दलहरू पनि कांग्रेसकै लाइनमा उभिन्छन् र फरक माहोल बन्नेछ भन्नेमा हामी छौं ।’ 

नेता रामचन्द्र पौडेलले पनि पटक–पटक समाजवादीका नेता नेपाल र जसपाका नेता यादवलाई भेटेर पुरानै समीकरण फर्काउने गरी वार्ता गरेको बताइन्छ । पौडेललाई पनि सभापति देउवाले नै वार्तामा पठाएको एक नेताले दाबी गरे । यसबीचमा देउवाले सरकारमा असन्तुष्टि जनाइरहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि विश्वासमा लिने गरी संवाद अगाडि बढाएको देउवा निकट स्रोतको दाबी छ । 

शक्ति राष्ट्रको साथ खोज्ने प्रयास 

सरकार बनेलगत्तै भारतले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिए पनि भित्री रूपमा भारत र अमेरिका खुशी नभएको बताइन्छ । चीनको प्रभाव र दबाबमा रातारात नयाँ समीकरण बनेको भन्दै भारत र अमेरिकाले कुनै पनि हालतमा कम्युनिस्ट नेतालाई राष्ट्रपति बनाउन नहुने अडान लिएको एक नेताले दाबी गरे । 

‘भारत होस् कि अमेरिका पुरानो गठबन्धन टुटाउने पक्षमा थिएनन् । प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै उनीहरूले आफूहरूले हारेको र चीन जितेको रूपमा लिएका छन्,’ ती नेता भन्छन्, ‘यसैले एकपटकको अवसर गुमे पनि राष्ट्रपतिमा कांग्रेसको वा अनुकूल पात्र ल्याउन सकिन्छ कि भन्नेमा शक्ति राष्ट्र पनि लागेको देखिन्छ ।’ केही समयमा देउवापत्नी आरजु भारत भ्रमणमा जानु र देउवाले पनि भारतसँगको सम्बन्ध र सम्पर्कका लागि सुनिल थापा, उदयशमशेर राणा सहितलाई परिचालन गरेको बताइन्छ । 

यसअघि भारतसँग कुरा गर्न देउवाले डा. प्रकाशशरण महत, अजय द्विवेदी र उदयशमशेर राणालाई भारत पठाएका थिए । प्रधानमन्त्रीमा नियुक्त हुँदा नभई विश्वासको मत दिएपछि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई दिएका थिए । यसैले सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप देउवाले ३ नेतालाई २०७८ असोजको तेस्रो हप्ता भारत पठाएका थिए । त्यतिबेला देउवा प्रधानमन्त्री भएको ३ महिना मात्रै भएको थियो । 

पढ्नुहोस यो पनि -

चमत्कारको आशमा देउवा : सम्भव छ शीतल निवासमा कांग्रेसको राष्ट्रपति ?

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन् । नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको...

जेठ १४, २०८०

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पशुपति मन्दिरमा जलहरी राख्दा भएको अनियमितताको आशंका गरेका सांसदको भनाइलाई शीर्ष नेताको सहमतिले हटाएको विषयमा असन्तुष्टि जनाएका छन् । शंकास्पद अनियमिततासम्बन्धी वि...

जेठ १४, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताएकी छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरू उल्ट्याउने प्र...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आय...

जेठ १४, २०८०

नेकपा एकीकृत समाजवाद का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहनु चिन्ताको विषय भएको बताएका छन् । काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिवार आयोज...

जेठ १४, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट ल्याउने बताएका छन् । आइतवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रमम...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x