×

NMB BANK
NIC ASIA

सांसद पक्राउको माग

फरार सांसद प्रकरण : के हो गृहमन्त्रीलाई टाउको दुखाइ बनेका कोइरीको मुद्दा ?

माघ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय चर्चामा छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका लागि त उनी टाउको दुखाइको विषय नै बनेका छन् ।

Muktinath Bank

कोइरीले संसदमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री लामिछाने संसदमै थिए ।


Advertisment
Nabil box
Kumari

मधेश आन्दोलनको समयमा सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका कोइरीले संसदमा पुगेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि गृहमन्त्रीको आलोचना शुरू भयो ।

Vianet communication
Laxmi Bank

माघ ५ गते प्रतिनिधिसभामा सभामुखको निर्वाचनअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यही विषयमा नियमापत्ति जनाए ।

‘सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका संसादहरू पनि यहाँ छन् भन्ने सुनिन आएको छ ।  गृहमन्त्री पनि यहाँ हुनुहुन्छ । उहाँ (कोइरी)ले यो निर्वाचनमा भाग लिन पाउने/नपाउने विषयमा निर्णय गरेर मात्र सभामुखको निर्वाचन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु,’ खतिवडाले संसदमा भने ।

त्यसपछि गृहमन्त्रालयले माघ ६ गते विज्ञप्ति गरी यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दियो ।

मौखिकरूपमा पटक–पटक आग्रह गर्दा पनि नमानेकाले लिखित निर्देशन नै दिइएको भाषा विज्ञप्तिमा थियो ।

गृहको विज्ञप्ति

गृहमन्त्रीकै निर्देशन प्रहरीले नमानेको हो त ? भन्दै प्रश्न, आलोचना र कटाक्ष थपियो ।

त्यसपछि फेरि माघ ७ गते उपसभामुखको निर्वाचनका क्रममा पनि कांग्रेस सांसद खतिवडाले प्रश्न उठाए ।

उनले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई नटेरेको हो ? भन्दै प्रश्न गरेका थिए ।

‘नेपालको इतिहासमा अपराधीलाई खोज्न प्रेस विज्ञप्तिको परम्पराको शुरूआत भएको छ । यो गृह मन्त्रालयको बालापन हो । के देशको गृह मन्त्रालयलाई प्रहरीले टेर्न छाडेको हो ? जनतालाई ढाँट्नलाई यो सूचना प्रकाशन गरिएको हो ?’ खतिवडाले प्रश्न गरे ।

संसद्मा प्रश्न उठेपछि फरार सांसद् कोइरीले सभामुखको निवार्चनमा भाग लिएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई खोजी गर्न देशभर सर्कुलर जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशन आएपछि देशभरका ७७ वटै जिल्ला र सातै प्रदेश प्रहरी कार्यालयलाई सर्कुलर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘मन्त्रालयबाट निर्देशन आएपछि हामीले सातै प्रदेशका ७७ जिल्लामा सर्कुलर गरेका छौं,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले भने, ‘उहाँलाई पक्राउ गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’

फरार सांसद महतोको जिल्ला महोत्तरीमा पनि उनलाई पक्राउ गर्न निर्देशन आइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।

‘माथिबाट निर्देशन आएको छ । हामीले आवश्यक तयारी गरेका छौं,’ एसपी पंगेनीले लोकान्तरसँग भने ।

रघुवीरको चुनाौती

मंगलवार संसदबाट एमाले सचिव रघुवीर महासेठले उनलाई पक्राउ गर्न चुनाैती दिए । अघिल्लो सरकारले पदकका लागि सिफारिस गरेको विषय पनि उनले उठाए ।

'साँच्चै लक्ष्मी महतो अपराधी नै हो त ? अपराधी हो भने सम्मानित र प्रतिष्ठित पदकबाट सम्मानका लागि सरकारले सिफारिस किन दिएको ? त्यो बेला अपराध हेर्नुभएन ? लक्ष्मी महतोको मुद्दा आजको होइन, सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको,' महासेठले भने ।

पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्ने प्रश्न गर्दै उनले थपे, 'समात्ने काम परै जावस्, सम्मान गर्ने काम भएको छ। मन्त्रिमण्डबाट सिफारिस भएर राष्ट्रपतिकोमा गएको लिस्टमा उहाँको नाम थियो ।' 

लक्ष्मी महतो पार्टीको सम्पर्कमा नभएको भन्दै उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग गरे, 'प्रहरी प्रशासनले एमालेलाई लगाएको आरोप सत्य छैन। गृह मन्त्रालयलाई भन्छु, कानुनअनुसार गर्नुस् ।'

के हो मुद्दा ?

२०७२ मा संविधान जारी गर्नुअघि संविधानको अन्तिम मस्यौदा सार्वजनिक भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मधेश आन्दोलित भएको थियो ।

आन्दोलनकै क्रममा २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या अभियोगमा उनी प्रतिवादी छन् ।

आन्दोलनमा घाइते भएका विकलाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । सोही मुद्दामा उच्च अदालत जनकपुरले कोइरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार २०७६ असोज २ गते थुनछेक बहसका क्रममा जिल्ला अदालतले भने १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

‘उहाँ (लक्ष्मी महतो)लाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो,’ श्रेस्तेदार जयसवालले लोकान्तरसँग भने, ‘त्यो विरुद्धमा सरकारी वकिलले उच्च अदालत जनकपुरमा अपिल गर्नुभएको थियो ।’

हत्या अभियोगमा कोइरीसहित सञ्जयकुमार साह, प्रदीप साह माझी र मोहन ठाकुरलाई अभियुक्त बनाइएको छ । घाइते भएका असई थमन विकलाई कुटपिट गरेर हत्या गरेको आरोप उनीहरूमाथि छ ।

उच्च अदालत जनकपुरले पनि शव परीक्षणका क्रममा कुटपिटका कारण मृत्यु भएको देखिएको तथ्य स्वीकारेको छ ।

‘लक्ष्मी महतो समेत बारदातमा संलग्न रही मृतकलाई कुटपिट गरेको भनी पोल गरेका र मिसिल संलग्न शव परीक्षण प्रतिवेदन समेतका तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी निर्दोष रहेनछन्, अभियोग दाबीबमोजिमको कसूर गरेको रहेनछन् भनी तत्काल प्रमाणबाट भन्न सकिने अवस्था नदेखिँदा प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नू,’ उच्च अदालत जनकपुरले २०७४ मंसिर १९ मा दिएको आदेशमा भनिएको छ ।

उच्च अदालतको आदेश

फरार रहेकै बेला एमालेबाट टिकट पाएर उनी निर्वाचित भएका हुन् । उनले माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् ।

महतो साबिकमा जनता समाजवादी पार्टीका नेता थिए । तर उक्त क्षेत्र नेकपा एमालेको भागमा परेपछि उनी एमाले प्रवेश गरेका थिए ।

२०५४ सालमा महतो आफ्नो गाउँ निगौलको गाविस अध्यक्षमा स्वतन्त्र उठेर चुनाव जितेका थिए ।

२०७० सालको निर्वाचनमा उनले आफ्नी श्रीमती रामकुमारी महतोलाई सद्भावना पार्टीबाट संविधान सभा चुनावमा उठाएका थिए ।

उक्त चुनावमा पराजित भएपछि २०७४ सालको स्थानीय चुनावमा उनी गौशाला नगरपालिकाको मेयरमा उठेकी थिइन् ।

साबिक संघीय समाजवादी फोरम नेपालबाट चुनाव लडेकी रामकुमारी झिनो मतान्तरले पराजित भएकी थिइन् ।

२०७४ सालमा कोइरी आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । तर उनी माओवादीका पोखरेलसँग पराजित भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x