०४ असार २०८३, बिहीबार

भारतीय अतिक्रमणविरुद्ध लडिरहेका गोपालको निधन

भारतीय अतिक्रमणविरुद्ध लडिरहेका गोपालको निधन

सुस्ता बचाऊँ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।

नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलवार राति निधन भएको हो ।

उनी मस्तिष्काघात भई झण्डै १ महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थिए ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विक्रम संवत् २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए ।

विक्रम संवत् २०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ नामको समिति गठन गरेर अतिक्रमणका विरुद्व लागेका थिए ।

यस क्रममा भारतीय सुरक्षाकर्मीले गुरुङलाई झूटा मुद्दा लगाएर बगाहा जेलमा १ वर्ष थुनेको पनि थियो ।

गोपाल गुरुङको नेतृत्वमा बनेको ‘सुस्ता बचाऊँ अभियान’ले पटक–पटक सुस्ताको नेपाली भूमि बचाउन सरकारसँग लिखित रूपमा सहयोग मागेको थियो ।

स्थायी सीमा नभएका कारण भारतले पटक–पटक अतिक्रमण गरिरहेको सुस्तालगायत अन्य ठाउँमा स्थायी सीमा स्तम्भ राख्न गुरुङले पहल गरिरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्