२५ असार २०८३, बिहीबार

माओवादीले टुंगायो राज्यमन्त्रीको नाम, को को परे ?

कात्तिक २०, २०७४
माओवादीले टुंगायो राज्यमन्त्रीको नाम, को को परे ?
काठमाडौं ४ भदौ– नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादीले समानुपातिक ढंगले मन्त्रीको नाम छानको बताएको छ ।

माओवादीबाट राज्यमन्त्रीका लागि सिफारिस भएकामा, श्यामकुमार श्रेष्ठ (गृह), जाकिर हुसैन (उर्जा) रमा सिंह यादव (परराष्ट्र) रहेका छन् । रामेछापबाट प्रत्यक्ष चुनाव जितेका श्रेष्ठले यसअघि राज्यमन्त्री अस्वीकार गरेका थिए ।

माओवादीले शम्भुलाल श्रेष्ठलाई (स्वास्थ्य), कर्णबहादुर विकलाई (आपूर्ति), छमबहादुर गरुङलाई (सहरी विकास) र गोमा कुँवरलाइइ (पशु–पन्छी) मन्त्रालयमा राज्यमन्त्रीका लागि सिफारिश गरेको छ ।

यस्तै ओङ्दी शेर्पालाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गरिएको छ । राज्यमन्त्रीहरुलाई आइतवार नै सपथ गराउने तयारी रहेको माओवादी स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्