२५ जेठ २०८३, सोमबार

रामकुमारलाई लिएर रामचन्द्र फर्किए माओवादीमा

कात्तिक २०, २०७४
रामकुमारलाई लिएर रामचन्द्र फर्किए माओवादीमा
काठमाडौं ४ भदौ– नयाँ शक्तिको सहसंयोजक पद परित्याग गरेका रामचन्द्र झा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा झासहित नयाँ शक्ति छाडेका नेताहरु माओवादी प्रवेश गरेका हुन् । बृहत्तर जनकपुर एकीकृत विकास समितिका अध्यक्ष समेत रहेका नयाँ शक्तिका नेता रामकुमार शर्मा पनि माओवादी प्रवेश गरेका छन् ।

नेकपा एमाले परित्याग गरेर माओवादी प्रवेश गरेका झा बाबुराम भट्टराई माओवादीबाट अलग भएपछि उनीसँगै नयाँ शक्तिमा लागेका थिए । स्थानीय चुनावमा नयाँ शक्ति पराजीत भएपछि झा माओवादी फर्केका हुन् ।

पहिलो संविधानसभामा तमलोपाबाट चुनाव जितेका शर्मा सांसद् रहेकै समयमा माओवादी प्रवेश गरेका थिए । उनीपनि बाबुरामसँगै नयाँ शक्तिमा लागेका थिए ।

मधेसी लगायत उत्पीडित बर्गको हित माओवादी केन्द्रबाटै देखेकोले माओवादीमा फर्किएको झाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्