२१ जेठ २०८३, बिहीबार

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

८ मन्त्री नियुक्त गर्दै मौजुदा ३ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।

नवनियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

विना विभागीय मत्री उद्धव थापालाई  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघि नै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो ।  

शपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित थिए ।

गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो । 

नवनियुक्त मन्त्रीहरूले बुधवारै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेका प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्