२४ जेठ २०८३, आइतबार

हिमालयन बैंकको ३० औं वार्षिकोत्सवमा स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम

हिमालयन बैंकको ३० औं वार्षिकोत्सवमा स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम

हिमालयन बैंक लिमिटेडलेले ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

जसअन्तर्गत नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका-१ मा रहेको माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम गरेको हो। 

डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा माघ ४ गतेदेखि ६ गतेसम्म निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।

उक्त तीनदिने शिविरमा माछापुच्छ्रेका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएका छन्।

बैंकले कर्मचारी संगठनको समन्वयमा माघ ७ गते शनिबारका दिन कमलादीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यकाभित्र र बाहिर गरी २०० जनाभन्दा बढी कर्मचारीको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्