११ साउन २०८३, सोमबार

ग्लोबल आईएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आईएमई बैंकको ६३औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ग्लोबल आइईएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४ तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखामातहत रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिनेलगायत सेवाहरू उपलब्ध हुनेछन् ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्