
काठमाडौं, ४ भदौ — मानिसको शरीर अचम्मको छ । यसलाई कुनै न कुनै रोग लागिरहेकै हुन्छ । तर यहाँ हामी केही यस्ता सरल उपाय बताउँछौं जसलाई अपनाउनुभयो भने तपाईं सानतिनो समस्यामा औषधि खाइहाल्नुपर्दैन ।

घाँटी खसखसाउँदा
तपाईंको घाँटी खसखसाएर लगातार खोकी लागेको छ जोरले कान कोट्याउनुस् । सुन्दा अचम्म लाग्छ तर कानलाई उत्तेजित पार्दा तपाईंको घाँटीमा क्रयाम्प हुन्छ र घाँटीको खसखस भाग्छ ।
शान्त हुन
तनावका कारण तपाईं असहज अवस्थामा हुँदा केही गरेपनि रिल्याक्स हुन सक्नुभएन भने बरफ जस्तो चिसो पानी अनुहारमा केही मिनेटसम्म छ्याप्नुस् । यसले तपाईंमा स्तनधारी पानीमा चोबलिँदा जनाउने प्रतिक्रिया जगाउँछ जसका कारण तपाईंको शरीरले थप प्रभावकारी रूपमा अक्सिजन सोस्छ र शान्त बनाउँछ ।
रगत निकाल्दा नडराउने
धेरै मानिसलाई शरीरबाट रगत निकाल्न ठूलै चुनौती हुन्छ । सुईले घोच्छ भन्ने सोच्दा पनि कसैकसैको रौं ठाडो हुन्छ । तपाईंमा पनि यो समस्या छ भने सुईले घोच्ने बेलामा बेस्सरी खोक्न थाल्नुस् । तर यसो गर्नुअघि डाक्टर वा नर्सलाई बताउनुस्, नत्र समस्या आउन सक्छ । अनि खोक्दा हात स्थिर राख्नुस् ।
बन्द नाक खुलाउन
नाक बन्द हुँदा ठूलै समस्या पर्छ । तपाईंले जतिसुकै ढींढीं गरेपनि गाह्रो पर्न थाल्छ । यस्तोमा तपाईंले च्यापुमा जिभ्रोको टुप्पोले केही सेकेन्डसम्म थिचिरहनुस् । त्यही समयमा चोरी औंलाले दुई आँखीभौंको बीचमा थिच्नुस् । करीब बीस सेकेन्डपछि तपाईंलाई सास फेर्न सहज हुन्छ ।
आगोले पोलेपछि फोका आउँदा
आगोले पोलेपछि धेरै मानिस आईस प्याक झिकिहाल्छन् । तर यसको साटो तपाईं प्रभावित क्षेत्रमा औंलाको टुप्पोले केही मिनेटसम्म हलुका दबाउनुस् । यसले पोलेको भागलाई शरीरको सामान्य तापक्रममा फर्कन मद्दत गर्छ र फोका उठ्न पाउँदैन । तपाईंको छाला आफैं प्राकृतिक रूपमा निको हुन्छ ।
दाँत दुख्दा
तपाईंको हातको पछाडिपट्टिको भागमा बूढी औंला र चोरी औंलाले आईस क्युब दबाउनुस् । यसो गर्दा तपाईंले त्यो भागलाई तत्कालै न्यानो बनाउन चाहनुहुन्छ । त्यहाँ भएका नसाहरू पीडाको संवेदनाका लागि जिम्मेवार छन् । चिसोले तिनीहरूलाई सुन्न गराउँछ र पीडा शमन गरिदिन्छ ।
एजेन्सी