२१ जेठ २०८३, बिहीबार

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने सरकारको निर्णय

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने सरकारको निर्णय

सरकारले हिजो संसद् भवन अगाडि आगो लगाएर आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको घटनाको विषयलाई लिएर छानबिन गर्ने भएको छ। 

मृतक आचार्यले उठाएका विषयमाथि पनि छानबिन गर्ने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। यस विषयमा बैठकमा निकैबेर छलफल भएको ती मन्त्रीले लोकान्तरलाई जानकारी दिए। साथै घटनाको अनुसन्धान गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए। 

बैठकले हिजो दिउँसो गएको भूकम्पको क्षति संकलन गर्ने पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्