२१ जेठ २०८३, बिहीबार

विनाअनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गर्ने सरकारको निर्णय

विनाअनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गर्ने सरकारको निर्णय

सरकारले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने भएको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले विनाअनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपश्चात् पनि सञ्चालनमा रहिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरेको छ। 

त्यस्तै अन्य क्रसर उद्योगहरूको हकमा मापदण्ड पूरा गर्न आगामी असारमसान्तसम्म समयसीमा तोकिने पनि बैठकले निर्णय गरेको छ। 

मंगलाबार संसद् भवनअगाडि आफ्नै शरीरमा आगो लगाएर घाइते भएका प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने पनि बैठकले निर्णय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्