२२ जेठ २०८३, शुक्रबार

‘भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ’

‘भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ’

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेकाले त्यसलाई थप प्रगाढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । 

उनले भने, ‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ । यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ । धार्मिक सम्बन्ध पनि प्रगाढ छ । आर्थिक रुपमा सम्बन्ध छ । व्यापार सम्बन्ध छ । पारवान सम्बन्ध छ । सामाजिक रुपमा पनि हाम्रो सम्बन्ध राम्रो छ ।’ 

भारतसँग नजिकको सम्बन्ध भएकैकारण सीमा विवाद देखिएको उनले बताए । वार्ता, सहमति र संवादको माध्यमबाट समस्या समाधानमा दुवै देश तयार हुनुपर्छ उनले बताए । नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्ने उनको सुझाव छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले छिमेकीसँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले पहिलो कुरा सुशासनको प्रत्याभुति गर्ने भनेको छ, दोस्रो कुरा थिलथिलिएको प्रणालीलाई सुधार गर्ने र तेस्रो  मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुधार गर्ने । यो सरकारको प्राथमिकताभित्र पर्ने विषय हो ।’

आजको सम्बन्ध भनेको आर्थिक कुटनीति भएको उनले बताए । युग र प्रविधिको विकासले हामी दुवै देश नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए । त्रुटि भएको ठाउँमा कुटनीतिक तवरले हल गरेर जाँदा समस्या समाधान हुने उनको भनाइ छ । 

नेपालमा विजुली उत्पादन बढी भएर अब बजारको समस्या आइरहेकाले भारतले त्यसमा सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘यसका लागि बजार सहजीकरण गर्न भारतले भूमिका खेल्नुपर्छ । अहिलेको सरकारले सम्बन्धको हिसाबले भारतीय पक्षसँग त्यो प्रकारको कुरा राख्नुपर्छ ।’ भारतसँग नेपालको सम्बन्ध धेरै बिग्रिएको छैन् । धेरै सप्रिएको पनि छैन् । ठीकै सन्तुलनमा हामी छौं उनले बताए । असंलग्नता र पञ्चशीलको आधारमा हामी हाम्रो विदेश नीति सञ्चालन गर्नुको विकल्प नरहेको उनले चर्चा गरे ।

salt training

कमेन्ट गर्नुहोस्