११ साउन २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्वारा सरस्वती पूजाको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा सरस्वती पूजाको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकि छन् । आज परेको श्रीपञ्चीको अवसरमा उनले शुभकामना सन्देशमार्फत पर्वको शुभकामना दिएकि हुन् । 

वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गर्दछु उनले भनेकि छन् ।    

राष्ट्रपति भण्डारीका अनुसार आजको दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको सन्देशमा चर्चा गरेकि छन् । पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवर्धनका साथै साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गरेकि छन् ।  

शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी आज देशभर मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ।

काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्रप्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने प्रचलन छ । 

आज ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विशेष मेला लाग्ने गर्छ। आजको दिनलाई शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता पनि रहेको छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्