
काठमाडौं, ४ भदौ - दिपक मनाङेलाई विशेष अदालतले सफाई दिएको छ । अकुत सम्पत्ति कमाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रक्राउ गरेर सम्पत्ति सुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीश प्रभा बस्नेत लगायत तीन जनाको इजलासले मनाङेलाई सफाई दिएको हो ।
मनाङेविरुद्ध ०७० जेठ २ गते १५ करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरिएको थियो । तर उनलाई विशेष अदालतले सफाई दिएको छ । मनाङेले आफ्नो सम्पत्तिमा आँखा लगाइएको भएपनि आफूले अदालतबाट न्याय पाएको बताए ।
उनले ढिलो भएपनि न्याय पाउँदा खुसी लागेको बताए ।