
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार पुगेको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।
बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।
यस अघिगत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । तर, बुधबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।