
सोमालियामा यहाँको सेनाले यहाँका विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका मारिएका छन् ।
यहाँका सैन्य अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अल शबाब सशस्त्र समूहका कमाण्डर पनि रहेका छन् ।
देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन्।
उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकाहरुको ज्यान गएको र अरू कैयौँ घाइते भएका जानकारी दिए।
उनले यहाँको सेनाले अल सबाबका लडाकुहरूविरुद्ध विशेष प्रतिरक्षात्मक कारबाही शुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताए।