२३ जेठ २०८३, शनिबार

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

कात्तिक २०, २०७४
पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं ४ भदौ - नेपाल पत्रकार महासंघको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइराला र भावना बिद्रोहीले उम्मेदवारी दर्ता गराएका हुन् । बिद्रोही विगतमा सर्वहारा पार्टीको अध्यक्ष थिइन् ।

उपाध्यक्षका लागि मात्रिका पौडेल, विपुल पोखरेल र दीपक पाठकले उम्मेदवारी दिएका छन् । यस्तै महासचिवको लागि बालकृष्ण बस्नेत र रमेश विष्टको उम्मेदवारी परेको छ ।

नयाँ नेतृत्वका लागि सोमवार मतदान हुनेछ । पत्रकार महासंघको २५ औ महाधिवेशन आइतवार काठमाडौंमा शुरु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्