२४ जेठ २०८३, आइतबार

पश्चिमले युक्रेनलाई ट्यांक सहयाता गरेलगत्तै रुसले बर्सायो क्षेप्यास्त्र

माघ १२, २०७९
पश्चिमले युक्रेनलाई ट्यांक सहयाता गरेलगत्तै रुसले बर्सायो क्षेप्यास्त्र
Anadolu Agency/Getty Images

रुसले युक्रेनको राजधानी किएभ तथा अन्य शहरमा बिहीवार बिहान क्षेप्यास्त्रहरूको वर्षा गरेपछि अनेकौं विस्फोट भएका छन् । 

अमेरिका र जर्मनीले युक्रेनलाई अत्याधुनिक ट्यांक दिने प्रतिज्ञा गरेको २४ घन्टामा रुसले क्षेप्यास्त्र आक्रमण चर्काएको हो । 

यसमा परी कम्तीमा एकजनाको ज्यान गएको बताइएको छ । 

कम्तीमा ३० वटा क्षेप्यास्त्रहरू युक्रेनतर्फ प्रहार गरिएको बताइएको छ । यसअघि युक्रेनले इरानमा बनेका २४ वटा शाहाद कामिकाजे ड्रोन खसाइएको दाबी गरेको थियो । 

एक युक्रेनी अधिकारीले आफूहरूको हवाई प्रतिरक्षा प्रणालीले १५ वटा क्रुज क्षेप्यास्त्र खसाइएको दाबी गरे ।

राजधानी किएभको होलोसीभ क्षेत्रमा रहेको गैरआवासीय भवनमा विस्फोट हुँदा एकजना मारिएको र दुईजना घाइते भएको किएभका मेयर भिताली क्लित्स्कोले बताए । 

युद्ध शुरू भएदेखिको यो क्रुज क्षेप्यास्त्रको १३औं सामूहिक प्रहार भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्