
बानेश्वरमा आगो लगायर आत्महत्या गरेका प्रेम आचार्यकी श्रीमतीले १२ जना विरुद्ध जाहेरी दिएकी छन् ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आज मृतक आचार्यकी श्रीमती नानुका आचार्यले जोहरी दिएको पुष्टि गरे ।
‘१२ जना विरुद्ध जाहेरी आएको छ । हामी मुद्दा दर्ताको प्रक्रियामा छौं,’ एसपी मैनालीले लोकान्तरसँग भने ।
गत मंगलबार संघीय संसद् भवनअगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या प्रयास गरेका थिए। त्यसको भोलिपल्ट उनको मृत्यु भएको थियो।
उनको मृत्यु र उनले उठाएका विषयमाथि छानबिन गर्न आजै सरकारले छानबिन समिति बनाएको छ।