१८ असार २०८३, बिहीबार

झुठा विवरण देखाई नागरिकता लिने युवती  पक्राउ

झुठा विवरण देखाई नागरिकता लिने युवती  पक्राउ

    झुठा विवरण देखाई नागरिकता लिएको कसुरका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका-८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         
    
झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-१२ चुनिखेलबाट पक्राउ गरेको हो । 
    उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्