
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो ।
गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई विभागबाटै पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।यस विषयमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।