×

NMB BANK
NIC ASIA

जासुसी गरेको अभियोगमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय

माघ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ ।

Muktinath Bank

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविनपछि सजाय सुनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो । यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो, जसमा उनले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनीसम्बन्धी जानकारी उपलब्ध गराउनुभएको थियो । ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए । 

Vianet communication
Laxmi Bank

करिब ३१ वर्षीय जीलाई सिकागोमा दुई सातालामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झूटो बयान दिएको अभियोगमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो ।

अमेरिकी अभियोजनकर्ताहरूले जासुसीसम्बन्धी मामिलाहरूमा अक्सर यो आरोप प्रयोग गर्छन् जहाँ अभियुक्त स्पष्ट रूपमा विदेशी गुप्तचर एजेन्ट होइन ।

न्याय विभागका अनुसार जीले जियाङ्सु एकाइका डेपुटी डिभिजन डाइरेक्टर जू याञ्जुनको निर्देशनमा काम गरेको आरोप लगाइएको छ ।

विश्वको अग्रणी विमान इन्जिन निर्माता मध्येको एक ओहायोस्थित जीई एभिएसन र अमेरिकी सैन्य आपूर्तिकर्तालगायत अन्य उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्य कुराहरू चोर्ने चिनियाँ प्रयाससँग जीको मुद्दा जोडिएको दावी गरिएको छ । 

त्यो प्रयासमा जू एक प्रमुख व्यक्ति हुनुहुन्थ्यो । सन् २०१८ मा बेल्जियममा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अमेरिका सुपुर्दगी गरिएको थियो ।

उहाँलाई सन् २०२१ को नोभेम्बरमा आर्थिक जासुसी गरेको र व्यापारिक गोपनीयता चोरीको प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । 

नोभेम्बर २०२२ मा जूलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x