१४ असार २०८३, आइतबार

उपत्यकामा चोरीका घटना बढे

उपत्यकामा चोरीका घटना बढे

पछिल्लो समय उपत्यकामा चोरीको घटनामा बृद्धि भएको छ । चोरी गर्ने चोरहरु सक्रिय भएकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई सचेत गराउँदैआएको छ । 

गोकर्णेश्वर नगरपालिका –५ जोरपाटी डेरा गरी बस्ने सुनसरी घर भएकी ६३ वर्षीया मञ्जु पोखरेलको कोठाबाट कोही नभएको अवस्थामा बिहीबार लाखौं रुपियाँ बरावरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

कोठाको झ्यालको ग्रिल तोडी नगद ८२ हजार रुपैयाँ र सुन चाँदीको विभिन्न गर–गहनाहरू गरी करिब ५ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । विभिन्न ठाउँबाट आजभोलि चोरीको घटनाभएको उजुरी प्रहरी कार्यालयमा आउने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्