चैत ८, २०७९
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटकको सुरक्षाको प्रत्याभूतिका लागि पर्यटन प्रहरीले खेलेको भूमिका महत्वपूर्ण र प्रसंशनीय रहेको बताएका छन् । ४४ औं पर्यटक प्रहरी दिवस २०७९ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताएका हुन् ।
नेपाल पर्यटनबोर्डमा आयोजित कार्यक्रममा मन्त्री किरातीले सीमित साधन स्रोतकाबीच पर्यटन प्रहरीले गरेको कामको उनले प्रसंशा गरे । पर्यटन प्रहरीलाई आउँदा दिनमा थप सशक्त भएर काम गर्न निर्देशन दिए । प्राकृतिक सम्पदना र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा लाग्न पनि उनले जोड दिए ।
पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान गर्ने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गरिन् । पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोहीअनुरूप आगाडि बढ्नुपर्ने उनले बताइन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाइको रूपमा पर्यटक प्रहरीको स्थापना भएको चर्चा गरे । पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको उनले बताए ।
पर्यटकलाई सेवा विस्तार सँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दैआएको उनले चर्चा गरे । पर्यटक प्रहरीले गर्ने व्यवहारको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसार हुने र यसले देशलाई नै प्रतिविम्वित गर्न सक्ने हुनाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजान सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा पर्यटक प्रहरीको गतिविधीसम्बन्धी भिडियो प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्ष...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्। बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...
गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचि...
नेकपा एमालेको जनसंगठनको रूपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय म...
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...