३० जेठ २०८३, शनिबार

राप्रपा विभाजनः सनाखतका लागि किन गएनन् राणा ?

कात्तिक २०, २०७४
राप्रपा विभाजनः सनाखतका लागि किन गएनन् राणा ?
काठमाडौं, ४ भदौ— निर्वाचन आयोगले राप्रपा विभाजन गरी नयाँ दल राप्रपा प्रजातान्त्रिक गठनको पहल थालेका पशुशपति शमशेर राणालाई केन्द्रीय सदस्य तथा सांसदको सनाखत गराउन आइतबारको लागि बोलाएपनि कोहि पनि आयोग पुगेनन् ।rana
आयोगका शाखा अधिकृत सन्तोषप्रसाद भण्डारीले एक विज्ञप्ति जारी गर्दै तोकिएको समय बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्ममा कोहि पनि आयोगमा उपस्थित नभएको जनाएका छन् ।
यसअघि आयोगले राणालाई दल दर्ताको लागि उपस्थित हुन भन्दै गत असार २३ गते गोरखापत्र दैनिकमै सुचना निकालेको थियो । त्यसको एक दिन अघि पनि आयोगले राणालाई सनाखतका लागि बोलाएको थियो । तर पत्र ढिला गरी पाएको भन्दै राणाले १० दिन समय थप गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए र आजको लागि बोलाइएको थियो ।
यसअघि नै सांसद र केन्द्रीय सदस्यको नाम सनाखत आयोगमा गराइसकेकाले पुनः गराइन नपर्ने माग गर्दै राणाले शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको किनारा लागेपछि मात्रै आफूहरु अघि बढ्ने राणा समूहको भनाई छ । आज मुद्दाको पेशी भएपनि हेर्दाहेर्दैमा राखिएको छ ।



दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा (२) बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको दल दर्ताको मान्यता पाउन राणाले केन्द्रीय सदस्य र सांसदको ४० प्रतिशत पुर्याउनु पर्ने हुन्छ ।

यसैबीच संस्थापनले राणाले तोकिएको मितिमा ४० प्रतिशत देखाउन नसकेकोले अब प्रक्रिया स्वत खारेज हुने दाबी गरेको छ। यसविषयमा आयोगले भने अब के हुन्छ भन्नेमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्